बेलायतको दोस्रो ‘मिसेस नेपाल यूके २०१८’ को उपाधि बिनु लामिछानेलाई

0

 

बेलायतमा भएको ‘दोस्रो मिसेस नेपाल यूके २०१८’ बिनु लामिछानेले मिसेस नेपाल युकेको ताज जितेकी छिन् ।

नुवाकोटमा जन्मेकी बिनुले १३ प्रतिस्पर्धीहरुलाई उछिन्दै उक्त ताज जितेकी हुन् भने पब्लिक च्वाइससमेत हात पार्न सफल भइन् ।

उक्त प्रतिस्पर्धामा प्रथम रनर अपको उपाधि बन्दना केसीले जितिन् भने सबु सेन्चुरी र सबिना श्रेष्ठले सेकेन्ड रनरअपको उपाधि चुमेकी छन् ।

अन्तिम प्रतिस्पर्धामा सुनिता श्रेष्ठ, बन्दना केशी, सबिना श्रेष्ठ, सन्तोसी कार्की, ज्योति गुरुङ, सबु सेन्चुरी, निरु कोइराला, बिनु लामिछाने प्रतिस्पर्धी थिए ।

प्रथम मिसेस नेपाल यूके २०१७ की विजेता आस्था जोशीले संयोजन गरेको प्रतिस्पर्धामा निर्णायक मण्डलमा कुशल श्रेष्ठ, डा. रजनी रिजाल, सितु खरेल, रोजिना प्रधान राई, स्वेता हुसेन थिए ।

फस्ट रनर अप, सेकेन्ड रनर अप, पब्लिक च्वाइस, फोटोजेनिक, क्याटवक, वेष्ट शेफ, ब्यूटी फर चेन्जलगायतका टाइटल राखिएको प्रतियोगितामा बेलायतस्थित नेपाली दूतावासका उपप्रमुख शरदराज आरन, एनआरएनए युकेका अध्यक्ष योगकुमार फगामीलगायत सयौंको उपस्थित रहेको थियो ।

विवाहित महिलाहरुको प्रतिभा उजागर र उनीहरु घरमा मात्र होइन, समाजमा समेत आफ्नो क्षमता प्रदर्शन गर्न सक्छन् भन्ने दर्शाउन कार्यक्रम गरिएको आयोजक लन्डन फेशन हाउसकी निर्देशक मनिषा डंगोल श्रेष्ठले जनाइन् । विजेताहरुले म्युजिक भिडियो, विज्ञापनलगायत अन्य अवसर पाउने अयोजक संस्थाकी निर्देशक श्रेष्ठले बताइन् ।

कार्यक्रमको विचमा सांगीतिक प्रस्तुतिमा सितु खरेल मिस लिटिल नेपाल यूके प्रतिष्ठा त्रिपाठीलगायत अन्य केही स्थानीय कलाकारले नृत्य, गीतसहित सास्कृतिक प्रस्तुती गरे ।

लण्डनको ह्यारोेस्थित ह्यारो फुटबल क्लबमा आयोजना गरेको थियो ।