‘बेबी आई लभ यू’ जेठ १८ गतेदेखि देशभर प्रदर्शन हुँदै

0

‘बेबी आई लभ यू’ जेठ १८ गतेदेखि देशभर प्रदर्शन हुँदै छ ।

लिची इन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्र ‘बेबी आई लभ यू’ जेठको तेस्रो हप्ताको १८ गते शुक्रबारबाट देशभर प्रदर्शन हुँदैछ ।

शिव न्यौपानेको प्रस्तुती रहेको ‘बेबी आई लभ यू’ मा खड्गी र तिवारीको मुख्य भूमिका रहेको छ । उनीहरुसँगै अभिनेता खरोज खनाल र कलाकार निर्मल शर्माको पनि मुख्य भूमिकामा देखिने छ । फिल्मको कथा र संगीत नव नायिक खड्गीको आफ्नै हो ।

यस फिल्ममा नव नायिका पूजा तिवारी महिला अधिकार लिनका लागि जहिले पनि लडिरहने भूमिका निर्वाह गर्दै त्यहींबाट फिल्मको नायकसँग लभ स्टोरीबाट शुरु हुन्छ ।

यस्तै चलचित्रमा राजु कमेडी ‘रेम्बो’, रेशम श्रेष्ठ, अप्सन पन्थी, विमल गिरी र किरण के. शर्मालगायतका कलाकाहरुको अभिनय रहेको छ ।

चलचित्र ‘बेबी आई लभ यू’ का निर्माता शिव न्यौपानेको लगानी रहेको छ भने जनक पाण्डेको निर्देशनमा बनेको लचित्रमा सह–निर्माता सिर्जना परियार र दुर्गा पाण्डे रहेका छन् ।

न्यौपाने भने– ‘बेबी आई लभ यू’ फरक लभ स्टोरीमा बनेको छ भने फिल्मको फिल्मको छायाँकन मुस्ताङ, पोखरा र राजधानीमा गरिएको छ ।