बुम रेमिट्यान्स प्रा.लि.ले २०७४ भाद्र २८ गतेबाट संचालन गरेको बुम रेमिट बम्पर उपहार ३२ इन्चको एलईडी टीभीको विजेता लक्की ड्र मार्फत सोमबार घोषणा गरियो ।
उक्त टि.भी. प्राप्त गर्ने विजेता ओमानको ग्लोबल मनि एक्स्चेन्जबाट २०७४ मंसिर २० गते लालप्रसाद भुसालले नेपालमा आफ्नो नातेदार सितादेवी भुसाललाई रु. ७३, हजार ५ पाँच २१ रुपियाँ ३० रुपियाँ पठाउनु भएको कारण लक्की ड्रमा विजेता घोषित हुनुभएको हो ।
हाम्रो ओमानको ग्राहक लाल प्रसाद भुसाललाई हार्दिक बधाई दिदै बुम रेमिटलाई माया गर्नुभएकोमा धन्यवाद समेत व्यक्त गरियो ।
उक्त उपहार योजनामा सयौं ग्राहकहरुले टिर्सट, घडी र स्कुल व्यागसमेत प्राप्त गर्नुभएको छ । उपहारको नतिजा बुम रेमिटको विदेशस्थित प्रतिनिधिमार्फत उपलब्ध गराइने बुम रेमिटका प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले जानकारी दिनुभयो ।
यो योजनामा बुम रेमिट सेवा लिने हजारौं ग्राहक आकर्षित भई निकै सफल भएकोले आगामी दिनमा पनि निरन्तरता दिने कुराको जानकारी गराइयो ।
बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ४ हजार भन्दा बढी प्रतिनीधिहरु छन् । हाल बुम रेमिट्यान्सले खाडी मुलूक तथा हङ्गकङ्गबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ र चाडै नै मलेसिया, साउदी अरब, कोरीया, तथा अन्य मुलुकहरुबाट समेत कारोवार शुरु गर्ने जनाएको विज्ञप्तिमा जनाएको छ ।
आन्तरिक संञ्जाललाई तिब्र रूपले विस्तार गर्दै आएको बुम रेमिटले विदेशमा पनि आफनो संञ्जाललाई तिब्र रूपले विस्तार गर्दै जाने रणनीति रहेको कुराको जानकारी प्रबन्ध निर्देश धिरेन्द्र पन्तले दिनुभयो ।
पन्तका अनुसार बुम रेमिटले विभिन्न बैंकहरूस‘ग सहकार्य गरी विदेशमा समेत बजार प्रर्वद्धन गरी नेपाली कामदारहरूको विदेशबाट नै खाता खोल्ने प्रवन्ध मिलाएको छ ।
बुम रेमटले हुन्डी कारोबारलाई निरूस्साहित गर्न नेपाल र विदेशमा वैकिङ साक्षरता कार्यक्रम गर्दै आएको कुराको जानकारी प्रबन्ध निर्देशक पन्तले जानकारी गराउनुभयो । पन्त “नेपाल श्रमिक विप्रेषण बोर्ड” गठन गरि विपे्रषणको रकमलाई राष्ट्र विकासमा लगाई समृद्ध नेपाल सृजना गर्नुपर्ने बताउनुहुन्छ ।