बुद्ध एयरले साताको दुई दिन वाराणसी उडान गर्ने

0

बुद्ध एयरले भारतको वाराणसीमा आगामी असार १५ गतेदेखि साताको दुई उडान गर्ने भएको छ ।

धार्मिक गन्तव्यलाई हवाईमार्गमार्फत जोड्न लागिएको कम्पनीका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बताउनुभयो । बुद्ध एयरले उडानस“गै नेपाली तथा भारतीय यात्रु र तिर्थालुलाई भारी छुटमा पर्यटकीय तथा धार्मिक यात्रा प्याकेज उपल्वध गराएको कम्पनीको भनाई रहेको छ ।

बस्नेतले दुई पौराणिक नगरी काठमाडौं र वाराणसीलाई बुद्ध एयरले जोड्नको लागेको बताउनुभयो । चार वर्ष अघि कम्पनीले वाराणसीमा मासिक दुई उडान भदै आएको थियो । कम्पनीले आगामी दिनमा नेपालगन्ज–नया“दिल्ली उडान तयारी गरिहेको बस्नेतले जानकारी दिनुभयो ।

बुद्ध एयरको रिसर्च तथा डेभलपमेन्ट विभागकी अधिकृत आस्था बस्नेतले कम्पनीको वेभपोर्टल तथा प्याकेजमार्फत नेपालका पर्यटकीय तथा तीर्थस्थलबारे जानकारी पाउने बताउनु भएको छ ।

बस्नेतले बुद्ध एयरको होलिडे प्याकेजबाट बुद्ध एयरलाई मात्र नभई सबै सरोकारवालालाई उत्तिकै फाइदा हुने र नेपालको पर्यटन क्षेत्रमा टेवा पुग्ने बताउनु भएको छ । कम्पनीले आफ्नो प्याकेजबाट होटल, ट्रान्सर्पोटेसन, टूर गाइडलगायत अन्य सबैलाई फाइदा हुनेछ ।