बीओके र रिलायबलबीच सम्झौता

0

बैंक अफ काठमाण्डू र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख–बजार व्यवस्थापन विभागका रितेश लामिछाने र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले बुधबार हस्ताक्षर गरेका छन् ।

यस सेवाअन्तर्गत बैंकका सम्पूर्ण ग्राहकले बैंकका ७९ शाखाबाट जीवन बीमा सुलभ र सहज रुपले उपभोग गर्न सक्ने व्यवस्था मिलाइएको छ ।