आजदेखि तिलोत्तमा गोल्डकप शुरु

0

आजदेखि बुटवलको देवीनगरमा हुने २० औं संस्करणको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगितामा तीन विभागीयसहित १० वटा टोलीको सहभागिता रहने  छ ।

आयोजक जिल्ला फुटबल संघ, रुपन्देहीले बुधबार पत्रकार सम्मेलन गरी खेलमा सहभागी हुने टोलीको बारेमा जानकारी गराएको हो ।

प्रतियोगितामा आयोजक रुपन्देही ११, एपीएफ, नेपाल पुलिस  र त्रिभुवन आर्मी क्लबसहित  थ्री स्टार क्लब, मनाङ मस्र्याङ्दी क्लब,  झापा–११, फ्रेण्ड्स् क्लब, कास्की–११ र सुदुर पश्चिमाञ्चल गरी १० टिमले प्रतिस्पर्धा गर्ने संघका अध्यक्ष दीर्घबहादुर केसीले जानकारी दिए ।

उद्घाटन खेलमा रुपन्देही ११ र सुदुर पश्चिमाञ्चलबीच प्रतिष्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेताले सात लाख ७७ हजार ७ सय ७७ नगदसहित गोल्ड मेडल प्राप्त गर्नेछ भने उपविजेता टोलीले चार लाख ४४ हजार ४ सय ४४ नगद पाउनेछ ।

प्रतियोगिताभरिकै उत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल, उत्कृष्ट विधागततर्फ ९ डिफेन्डर, गोलकिपर, मिडफिल्डर, फरवार्ड र कोचलाई जनही २१ हजार १ सय ११ रुपैयाँ दिइने बताइएको छ ।

प्रतियोगिता सम्पन्न गर्न करिब ८६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।