बालुवाटारमा सर्वदलीय बैठक जारी

0

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएपछि प्रधानमन्त्री देउवाले दोस्रोपटक सर्वदलीय बैठक आह्वान गरेको बालुवाटारमा केहीबेर अघि सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रियरूपमा मान्यता प्राप्त पाँच दलका शीर्ष नेताहरूको बैठक बसीरहेको छ ।
बैठक प्रदेश प्रमुख नियुक्त गर्ने, स्थायी राजधानी तोक्ने र राष्ट्रियसभा चुनावको मिति तोक्ने विषयमा केन्द्रित रहेको बताइएको छ ।
राष्ट्रियसभा निर्वाचन र नयाँ सरकार गठनका विषयमा समेत छलफल हुने बताइएको छ । निर्वाचन आयोगले माघ २५ मा राष्ट्रियसभा निर्वाचनको मिति प्रस्ताव गरेको छ ।
एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीले राष्ट्रिय दलको आकार लिएका छन् । यिनै पार्टीका शीर्ष नेता बैठकमा सहभागी छन् ।