बार्सिलोना आफ्नो उत्कृष्ट लयलाई यथावत, वार्सिलोनासँग सोसिडाड पराजित

0

आइतबार राति भएको लिगको खेलमा रियल सोसिडाडमाथि ४-२ को जित निकाल्दै अपराजित यात्रालाई कायम राखेको छ । स्पेनिस ला लिगाको यस सिजनमा सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गरिरहेको बार्सिलोनाले आफ्नो उत्कृष्ट लयलाई यथावत राखेको छ ।
११औ मिनेटमा विलियन जोसले गोल गरी बार्सिलोनालाई १-० ले पछि पारेका थिए । ३४ ओं मिनेटमा जायन्मिले गोल गरी रियल सोसिडाडको अग्रता दोब्बर बनाए।
बार्सिलोनाका लागि ३९ औं मिनेटमा पाउलिन्होले गोल गरी खेल २-१ को अवस्थामा पुर्याए । पहिलो हाफमा १ गोलले पछि परेको बार्सिलोनाका लागि सुवारेजले दोस्रो हाफको ५० औं मिनेटमा गोल गरी खेललाई बराबरी गरे भने ७१ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । ८५ औं मिनेटमा मेसीले फ्रिकिक मार्फत सुन्दर गोल गर्दा बार्सिलोना ४(२ को जित निकाल्न सफल भयो।
यस जितसंगै शीर्ष स्थानमा रहेको बार्सिलोनाको १९ खेलबाट ५१ अंक पुगेको छ । समान खेल खेलेका एथ्लेटिको मड्रिड ४२ अंकसहित दोस्रो स्थानमा, ४० अंक रहेको भ्यालेन्सिया तेस्रो स्थानमा र १८ खेल खेलेको रियल मड्रिड ३२ अंकसहित चौथो स्थानमा रहेको छ ।