स्पेनिस ला लिगा फुटबलअन्तर्गत गए रातिको भएको खेलमा लियोनल मेस्सीबिना मैदान छिरेको बार्सिलोनाले मालागालाई २–० ले पराजित गरे ।
बार्सिलोनालाई जिताउन लुइस स्वारेज र फिलिप कोन्टिन्होले १–१ गोल गरे भने बार्सिलोनाको तर्फबाट १५औं र २८औं मिनेटमा मालागालाई गोल गरे ।
पहिलो हाफको ३० मिनेटतिर गार्सिया रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि मालागा १० खेलाडीमा सीमित हुन पुगे ।
जितपछि शीर्ष स्थानको बार्सिलोनाको २८ खेलबाट ७२ अंक भएको छ भने एथलेटिको मड्रिड ६१ अंकसहित दोस्रो र रियल मड्रिड ५७ अंकसहित तेस्रो स्थानमा छन् ।