बायर्न रियलसँग पराजित

0

साबिक विजेता रियल म्याड्रिडले च्याम्पियन्स लिग सेमिफाइनलमा उसकै घरेलु मैदानमा बायर्नलाई पराजित गरेको छ ।

लगातार तेस्रो पटक उपाधि होडमा रहेको रियल रक्षात्मकरुपमा कमजोर देखिए पनि आक्रमणमा भने सफल देखिएको थियो ।

रियलको जीतमा मार्सेलो र मार्को असेन्सियोले दुई हाफमा गोल गर्दै रियललाई जीत दिलाएका हुन् ।

जोसुवा किमिचले खेलको २८ औँ मिनेटमा गोल गर्दै बायर्नलाई अग्रता दिलाए । तर, पहिलो हाफ सकिन लाग्दा पेनाल्टी एरिया नजिकैबाट शक्तिशाली प्रहार गर्दै रियललाई खेलमा फर्काए ।

खेलको दोस्रो हाफमा राफिनाको गल्तीको फाइदा उठाउँदै असेन्सियोले निर्णायक गोल गरेपछि रियल २–१ गोल अन्तरले विजयी बन्यो ।

यसअघि, जर्मन च्याम्पियनले गोलका थुप्रै अवसरहरु गुमाएको थियो भने क्रिस्टियानो रोनाल्डोको गोल ह्याण्डबल भन्दै रद्द गरिएको थियो । योसँगै यो सिजन प्रतियोगिताको हरेक खेलमा उनको गोलको शृंखलामा पूर्णविराम लागेको छ ।

बायर्नल अब रियललाई पछिल्लो पाँच वर्षमा चौँथो फाइनलमा पुग्नबाट रोक्न बायर्नले आगामी मंगलबार बर्नेबाउमा कम्तिमा २ गोल गर्नुपर्ने हुन्छ ।

यता, बायर्नले रियलसँग लागतार ६ खेलमा हार बेहोरेको छ । म्यानुअल नुयर, डेभिड अलाबा र अर्टुरो भिडाललाई चोटका कारण गुमाएको बायर्नले खेलमा आयर्न रोबेन र जेरोम बोयटाङलाई पनि चोटका कारण गुमायो ।

खेल सकिएपछि बायर्नका फ्यानहरुले खेलाडीहरुमाथि आक्रमण गरेका थिए ।