सोमबार ललितपुरको श्रीकाली चौरमा लोक लयको गीत छायांकन गरिएसँगै चलचित्र ‘बादशाह जुट’को छायांकन सकिएको छ ।
उक्त चलचित्र ‘बादशाह जुट’ श्रीकाली चौरमा इण्डक्ल्याप गरिएको हो । आगामी पुस १३ गतेबाट देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने निर्माण पक्षले घोषणा गरेको छ ।
जोनी सिंह राणाले निर्देशन गरेको उक्त चलचित्रमा भोजराज श्रेष्ठले निर्माण गरेको छ । श्रेष्ठले भने, दुई राजाको कथामा निर्माण भएको ‘बादशाह जुट’मा आफूले कुनै पनि कुराको कमी हुन नदिएको भन्दै सिनेमा एकदमै राम्रो बन्ने विश्वास व्यक्त गरे ।
उक्त चलचित्रमा सुशिल श्रेष्ठ, आमिर गौतम, रविन तामाङ, रोशी खड्का, रश्मी पाण्डे, सुधा रावतलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।
नायिका प्रियंका कार्कीको विशेष भूमिका रहेको चलचित्र ‘बादशाह जुट’मा एच एण्ड बि फिल्मस् प्रा.लि. र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्ट प्रा.लि.को संयुक्त ब्यानरमा निर्माण भएको हो ।
चलचित्रमा राजकुमार उप्रेतीको व्दव्द, कृष्ण भारतव्दाज, विक्रम स्वारको कोरियोग्रफी, कोशिस क्षेत्री र मोहनि मुनालको संगीत र दीर्घ खड्काको सम्पादन रहेको छ ।
