बर्जर पेन्ट्सले रोटरी डिस्ट्रिक्ट ३२९२ को ‘रोटरी नेपाल लिटरेसी मिसन’लाई सघाउने भएको छ । कम्पनीले कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त मिसनलाई सघाउने भएको हो ।
यस मिसनअन्तर्गत् बर्जर पेन्ट्सले नया“ तथा पुनर्निर्माण गरिने लगभग ३ हजार विद्यालय रंगाउनका लागि विशेष सहुलियत दरमा रङ उपलब्ध गराउने छ । यस सम्झौतामा पीडीजी रोटरीयन तथा ‘रोटरी नेपाल लिटरेसी मिसन’का प्रमुख तिर्थमान शाक्य र बर्जर पेन्ट्स नेपालका कन्ट्री म्यानेजर शैवाल घोषले हस्ताक्षर गर्नुभएको हो ।
सामुदायीक विद्यालय पुनर्निर्माण र रङरोगन बाहेक, कम्पनीले ग्रामिण र अविकसित क्षेत्रमा स्वास्थ्य सिबिर आयोजना गर्न, वातावरणीय जनचेतनाको लागि हरित क्षेत्र÷ट्राफिक जनचेतनाको प्रवद्र्धन गर्न तथा सामाजिक रुपमा पिछडिएका समुदायमा रोजगारको अवसर सिर्जना गर्नका लागि तालिम दिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थास“ग सहकार्य गरिरहेको छ । बर्जर पेन्टस् नेपालले शिक्षा, स्वास्थ्य र स्वच्छता, महिला सशक्तिकरण तथा अन्य धेरै विषयमा काम गर्दै आईरहेको छ ।