राजधानीको चपलीमा घरदैलो कार्यक्रममा रहेको बेला बम बिस्फोटमा परी नेपाली कांग्रेसका युवा नेता तथा काठमाडौं क्षेत्र नंं. ४ का उम्मेदवार गगन थापा सामान्य घाइते भएका छन् ।
आज बिहान विस्फोट भएको बताइएको छ भने थापालाई उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको छ ।