बढ्यो सुनको मूल्य, हेर्नुहोस् यस्तो छ आजको भाउ

0

आज सोमबार नेपाली बजारमा सुनको मूल्य ४ सयले बढेको छ।

आइतबार सुनको मूल्य ५९ हजार रुपैयाँमा कारोबार भइरहेको थियो भने आज ४ सयले बढेर ५९ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य ५९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ५९ हजार १ सय रुपैयाँ छ।

त्यसैगरी आज चाँदीको मूल्य पाँच रुपैंयाले बढेर ७ सय २५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।