बजाज टेष्ट ड्राइभ मेला बिर्तामोडमा

0

बजाज थ्रि ह्विलर्स बजाज आरईको आधिकारिक बितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले बजाज आरई नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ ।

बजाज आरईको बारेमा जानकारी दिने र सवारीधनीहरुलाई टेस्ट ड्राइभ र मनोरञ्जन दिने उद्देश्यका साथ झापाको बिर्तामोडमा बजाज आरई महा टेष्ट ड्राइभ मेला आयोजना गरेको छ ।

कलाकारले बजाज आरईको बिषयमा जानकारी दिने उद्देश्यले सडक नाटकहरु प्रस्तुत गरेका थिए । उक्त नाटकमा बजाज आरइको बारेमा, बजाज आरइको उद्देश्यको बारेमा र बजाज आरई महा टेष्ट ड्राइभ मेलाका बारेमा स्थानीयलाई जानकारी गराइएको थियो ।

विश्वको प्रमुख थ्रि ह्विलर्स आरईले नेपालीलाई स्वदेशमा नै रोजगार प्रदान गर्ने उद्देश्यका साथ नेपालमा बजाज आरई बिक्री गर्दै आएको छ । वैदेशिक रोजगारमा गएर फर्किएका तथा वैदेशिक रोजगारमा जान लागेका नेपालीहरुलाई देशभित्रै रोजगारीको अवसर सिर्जना गरी आर्थिक रुपमा सम्पन्न बनाउन बजाज आरई महा टेष्ट ड्राइभ मेला आयोजना गरेको हो कम्पनीको भनाइ छ।

बजाज आरइमा गरिएको लगानीले पहिलो दिनदेखि नै आम्दानी गर्न सकिने हु“दा यसको मूख्य नारा नै ‘एउटा यस्तो लगानी जसले गर्दछ शुरुको दिन देखि नै आम्दानी’ भन्ने रहेको छ ।