बजाजको नयां शोरुम खुल्यो

0

बजाज, पल्सर मोटरसाइकलको नेपालका लागि अधिकृत वितरक हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिले नया“ शोरुम गंगा अटो मोबाइल्स् कैलालीको लम्कीमा सञ्चालनमा ल्याएको छ । नया“ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ ।
नया“ शोरुम शुभारम्भ भएको अवसरमा हंशराज हुलासचन्द एन्ड कम्पनीका जनरल म्यानेजर योगेन गुरुङले भन्नुभयो–‘हामी कैलालीको लम्कीमा नया“ शोरुम सञ्चालन भएको घोषणा गर्दा निकै खुशी छौं । ग्राहकको बढ्दो मागका कारण हामीले कैलालीमा नया“ शोरुम स्थापना गर्न उत्साहित बनाएको हो, जसले ग्राहकलाई विभिन्न फाइदा दिने छ । हामी देशभरी रहेका हाम्रा ग्राहकहरुका लागि उच्च गुणस्तरको सेवा प्रदान गर्न प्रतिबद्ध छौं ।’