फिल्म ‘हजार जुनी सम्म’मा आर्यन र प्रियंकाको इन्ट्री

0

निर्माता तथा निर्देशक विकाश राज आचार्यले निमार्ण गर्ने नयाँ फिल्ममा ‘हजार जुनी सम्ममा मुख्य कलाकारहरु तय गरिएको छ । नाई नभन्नू ल जस्तो सफल सिरिजका निर्माता तथा निर्देशक आचार्यले उक्त फिल्ममा पहिले नायिका स्वस्तिमा खड्का मात्रै फाइनल थिइन् ।

अब भने यो सिनेमाका प्रायः मुख्य कलाकारहरुको छनोट सकिएको आचार्यले बताए । फिल्ममा नायक आर्यन सिग्देल, नायिका प्रियंका कार्की, सलोन बस्नेत र नव कलाकार अकी प्रधानलाई मुख्य कलाकारको रुपमा तय भइसकेको निर्माण टिमको भनाई छ ।

यो सिनेमामा अभिनेत्री स्वस्तिमा खड्काको जोडीको लागि एक जना नयाँ नायक पनि फाइनल गरिएको छ । दिल्लीमा बस्दै आएका अकी प्रधान चलचित्रका लागि तय भएको वुझिएको छ । अकी सिनेमाका लागि संझौता गर्न मात्र नेपाल आएर दिल्ली फर्किसकेका छन् । सिनेमालाई विकासराज आचार्य र सामिप्यराज तिमिल्सिना मिलेर लेखेका हुन् ।