बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी फिल्म ‘प्रेमनाथ’ को पोस्टर तथा ट्रेलर सार्वजनिक गरेको छ ।
सिनेमाको पोस्टरमा लिड कलाकारलाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ ।
२५ सय वर्ष अगाडिको पौराणिक प्रेमकथामा निर्माण गरिएको ट्रेलरमा एक्सन, लभस्टोरीलाई स्थान दिइएको छ फिल्म ‘प्रेमनाथ’मा । राज थापा र कृति गौतमले डेब्यु गरेका छन्, दुवैले सिनेमाको कथावस्तु मन परेर काम गर्न राजी भएको बताए । गुह्रेश्वरी वेलबासे निर्माता रहेको सिनेमाको कार्यकारी निर्मातामा कपिलप्रसाद द्वा हुन् ।
चैत्र २२ गतेलाई प्रदर्शन मिति फाइनल गरिएको फिल्ममा सुमन कार्की, सुरज पाण्डे र सञ्जय सहानीको संयुक्त छायांकन रहेको छ भने राज थापा र कृति गौतमका अलावा सुरविर पण्डित, गतिज विष्ट, मोनालिसा विष्ट, गणेश बेलबासे, शेखरजंग मल्ललगायतका कलाकारहरुको भूमिका रहेको छ ।