‘प्रेमदिवस’ बैशाख १३ गते अलनेपाल रिलिज हुने पक्का

0

नेपाली चलचित्र ‘प्रेमदिवस’को प्रदर्शन मिति फाइनल गरिएको छ ।

सञ्जय न्यौपानेको निर्माण तथा योगेश घिमिरेको निर्देशन रहेको फिल्म ‘प्रेम दिवस’को रिलिज डेट फाइनल भएको छ ।

रियल मोसन पिक्चर्स प्रालिको ब्यानरमा बनेको ‘प्रेमदिवस’मा प्रियंका कार्की, आयुष्मान देशराज जोशी र नव नायक विशाल खरेलको चलचित्र आगामी बैशाख १३ गतेबाट प्रदर्शन हुने भएको छ ।

म्युजिकल लभस्टोरी कथामा निर्माण भएको चलचित्र कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाज, बसन्त सापकोटा, करण सिंह कार्की, दीपक शर्मा र महाराज थापाको संगीत, रोशन श्रेष्ठले द्वन्द्व निर्देशन, मानकृष्ण महर्जनको छायाँकन, कविराज गहतराजको कोरियोग्राफी, बनिष शाहको सम्पादन रहेको छ ।