प्रियंका कार्कीको चलचित्र ‘कथा काठमाण्डू’ रिलिज

0

 

आज शुक्रबारबाट देशभरीको सिनेमाघरमा चलचित्र ‘कथा काठमाण्डू’ प्र्रदर्शनमा आएको छ ।

संगीता श्रेष्ठको निर्देशनमा बनेको चलचित्र ‘कथा काठमाण्डू’ राजधानीको ३ भिन्न कथालाई देखाउने प्रयास गरिएको छ । चलचित्रको कथा पनि संगीताले लेखेकी हुन् ।

विजय राईको लगानीमा बनेको चलचित्र प्रियंका कार्की, आयुष्मान देशराज जोशी, प्रमोद अधिकारी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारीलगायको मुख्य भूमिका रहेको छ ।

मोहित मुनाल, कमल खत्री, प्रदीप बास्तोला र सुृरजविक्रम थापाको संगीत रहेको छ भने अष्ट महर्जनको व्दव्द, लुजा सिंहको छायांकन र मित्र गुरुङले सम्पादन गरेका छन् ।

‘समाजकै कथा बोेकेको चलचित्र बनेको छ । यो काठमाडौंको भिन्न तीन पात्रको कथा हो, जो पीडा सहे तापनि मुस्काराउन बाध्य छन्’, निर्देशक संगीताले भने ।