प्रा.डा. गोविन्द केसीले दिए बयान

0

त्रिवि शिक्षण अस्पतालस्थित अनसनस्थलबाटै पक्राउ परेका प्रा.डा. गोविन्द केसीले आज सर्वोच्च अदालतमा बयान दिएका छन् ।
त्रिवि शिक्षण अस्पतालका प्रा.डा. केसीले सर्वोच्च अदालतमा बयान दिँदै आफूले नभई प्रधानन्यायाधीश गोपाल पराजुलीले अदालतको अवहेलना गरेको बताएका छन् ।
बयानका क्रममा उनले अदालतको नभई न्यायाधीश गोपाल पराजुलीको भ्रष्ट प्रवृतिकोमात्रै विरोध गरेको बताएका छन् । दिउँसो २ बजेपछि अवहेलनासम्बन्धी मुद्दामा उनको बयान सुरु भएको थियो ।
बयानका क्रममा डा. केसीले पराजुलीको दुई वटा नागरिकता रहेको, उमेर सच्याएको भन्दै भनेका छन्, उहाँ न्यायाधीश हुन अयोग्य मान्छे हो, उहाँमाथि छानविन होस् ।’
न्यायालयको अपमान गर्ने कुनै मनसाय नभएको तर, भ्रष्ट नेतृत्व र न्यायाधीशविरुद्ध लड्ने उनले बताएका छन् ।