प्रभु बैंकद्वारा कम्प्युटर प्रदान

0

प्रभु बैंकले काभ्रेपलाञ्चोक जिल्लाको बनेपास्थित चण्डेश्वरी उच्च माध्यमिक विद्यालयलाई पा“च थान कम्प्युटर हस्तान्तरण गरेको छ ।

बैंकको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले उग्रचण्डी नाला समाजका अध्यक्ष चन्द्रलाल श्रेष्ठमार्पmत् कम्प्युटर विद्यालायलाई हस्तान्तरण गर्नुभएको हो ।

उक्त कम्प्युटर हस्तान्तरणपश्चात् चण्डेश्वरी उच्च माध्यमिक विद्यालयलाई कम्प्युटर प्रणालीमार्पmत् दैनिक प्रशासनिक क्रियाकलापमा सहयोग पुग्नुका साथै विद्यालयका शिक्षक, शिक्षिका, कर्मचारी, विद्यार्थी तथा समग्र विद्यालय परिवारलाई सूचना तथा प्रविधिस“ग साक्षात्कार गर्न थप मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।