प्रभु बैंकले रुपन्देहीको एक शाखा स्थानान्तरण गरेको छ । बैंकले रुपन्देही सिद्धार्थनगर–८, नारायणपथस्थित भैरहवा शाखा साविकको स्थानबाट करिब ३ सय मिटर दक्षिणततर्फ स्थानान्तरण गरेको हो ।
बुधबार नेपाल राष्ट्र बैंक रुपन्देहीका निर्देशक अशोक कुमार पौडेलले एक समारोहका बीच स्थानान्तरण गरिएको भैरहवा शाखाको उद्घाटन गर्नुभयो । बैंकले आफ्ना ग्राहकलाई छिटो, छरितो तवरले अत्याधुनिक प्रविधि सहित गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले भैरहवास्थित शाखा कार्यालय ग्राहकलाई पायक पर्ने स्थानमा स्थानान्तरण गरिएको जनाएको छ ।
