प्रभु बैंकले नया“ शाखा कार्यलय विस्तार गरेको छ ।
बैंकले ईलामको सन्दकपुर गाउ“पालिका र धनुषाको मुखियापट्टी मुसहरमिया गाउ“पालिकामा गरी २ वटा शाखा कार्यालय बुधबारदेखि सञ्चालनमा ल्याएको हो ।
ईलाम जिल्लाको सन्दकपुर गाउँपालिका वडा नंम्बर ३ स्थित बैंक शाखाको सन्दकपुर गाउ“पालिकाका अध्यक्ष उदयबहादुर राईले तथा मुखियापट्टी मुसहरमिया शाखा कार्यालयको उक्त गाउ“पालिकाका अध्यक्ष मनोज यादवले समुद्घाटन गर्नु भएको हो ।
बुधबारदेखि सञ्चालनमा आएका बैंकका सन्दकपुर शाखा कार्यालय र मुखियापट्टी मुसहरमिया शाखा कार्यालयबाट त्यहा“का स्थानीय तहका सेवाग्राही, सर्वसाधारण, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने अपेक्षा बैंकले लिएको छ । शाखा विस्तारमार्फत गाउ“पालिकको समग्र आर्थिक विकासमा टेवा पुग्ने विस्वास लिईएको बैंकले जनाएको छ ।