प्रधानमन्त्री शेरबहादुर देउवा बसेको होटेलभन्दा ४ सय मिटरको दुरीमा रहेको सुकटी नाला पुलमा सोमबार बिहान अज्ञात समूहले राखेको बम फेला परेको छ ।
बम फेला पर्नासाथ सेनाको टोलीले निस्क्रिय पारेको थियो ।
उक्त बम प्रहरीको तालिम प्राप्त कुकुरको माध्यमबाट बम राखेको पत्ता लगाएको थियो । बम सामान्य भए पनि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी प्रहरीले खोजी कार्यमा तिब्रता दिँदा उक्त बम फेला परेको प्रहरीले जनाएको छ ।
घटना पछि प्रहरीले सुरक्षा सर्तकता निकै बढाएको छ । धनगढी आसपासका क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको प्रहरी जानकारी दिएको छ ।
