प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता : मध्यमाञ्चल र एपीएफ सेमीफाईनलमा

0

कैलालीको धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगीतामा विभागीय टीम एफिएफ र मध्यमाञ्चल सेमिफाईनलमा पुगेको छ ।
विहीबार मध्यमाञ्चलले पश्चिमाञ्चललाई ४४ रनले पराजीत गर्दै अन्तिम चारमा स्थान सुरक्षित बनाए । टच हारेर व्याटिङको निम्तो पाएको मध्यमाञ्चलले २० ओरभमा ४ विकेटको क्षतीमा १ सय १३ रन बनायो भने मध्यमाञ्चलका लागि सिता श्रेष्ठले ४५ बलमा ४९ रन बनाईन ।
यस्तै कञ्चन श्रेष्ठले २४ र रोशनी बोहराले १० रनको योगदान दिईन् । २० रनमै २ विकेट गुमाएर धरमराएको मध्यमाञ्चलको पारीलाई कञ्चनर र सिताको ८२ रनको साझेदारीले सम्हालेको थियो । बलिङमा पश्चिमाञ्चलकी कप्तान वर्षा रानााले १ विकेट लिईन् ।
१ सय १४ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएका पश्चिमाञ्चलले २० ओरभरमा ७ विकेट गुमाउँदै ६९ रन मात्रै बनाउन सक्यो । पश्चिमाञ्चलका लागि नितु भण्डारीले १० र बर्षा रानाले ८ रन मात्रै बनाउन सके । पश्चिमाञ्चललाई सस्तैमा समेट्ने क्रममा अश्विनी कर्माचार्य र आरती विराडीले समान २÷२ विकेट लिईने भने २ जना रन आउट भएका थिए । खेलको नेपाल वेष्टर्न एकेडेमी प्लेयर अफ द म्याच मध्यमाञ्चलकी सिता श्रेष्ठ भईन् ।
पश्चिमाञ्चलले लगातार दोश्रो हार व्यहोरेपछि प्रतियोगीताबाट बाहीरीएको छ भने सोही समुहमा रहेको घरेलु टोली सुदुरपश्चिम लिगको एक खेल बाँकी रहँदै उद्धघाटन खेलमा पाएको जिले सेमीफाईनलमा पुगेको छ । समुह विजेताका लागि अब सुदुरपश्चिमाञ्चल र मध्यमाञ्चलले भोली प्रतिस्पर्धा गर्नेछन ।
दोश्रो खेलमा समुह बीमा रहेको एपीएफले पुर्वाञ्चललाई ४ विकेटले पराजीत गर्दै अन्तीम चारमा स्थान सुरक्षीत बनाएको छ । पुर्वाञ्चलले निर्धारीत २० ओभरमा ५ विकेट गुमाउँदै ६४ रन मात्रै बनाउन सक्यो । पुर्वाञ्चलका लागि कप्तान रुवीना क्षेत्रीले २७ रन बनाउन बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । क्षेत्री पहिलो पारीको अन्तिम बलमा स्टम्पिङ आउट भईन् । एपीएफकी सोनु खड्काले २ विकेट लिईन् ।
६५ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको विभागीय टोली एपीएफले निकै खराब सुरुवातका बीच ४ विकेटको जित दर्ता गर्न सफल भएको हो । एपिएफले १५ दशमलव ५ ओभरमा ६ विकेट क्षतिमा लक्ष्य भेटायो । पुर्वाञ्चलकी कप्तान क्षेत्रीको कसीलो बलीङका अगाडी एपीएफको पारी धरमराएको थियो । ७ रनमै ५ विकेट गुमाएको एपीएफको पारी करुण भण्डारी र ममता चौधरीले छैठौ विकेटका लागि २२ रनको साझेदारी गरी सम्हालेकी थिईन् । सातौ विकेटका लागि भण्डारीसंग ईन्दु बर्माले ३७ रनको साझेदारी गर्दै एपीएफले जित दर्ता गर्न सफल भएको हो । भण्डारी, चौधरी र बर्माले समान १६÷१६ रनको योगदान दिईन् । पुर्वाञ्चलकी रुवीना क्षेत्रीले ३ विकेट लिए पनि आफ्नो टिमलाई जिताउन सकिनन् । खेलको नेपाल वेष्टर्न एकेडेमी प्लेयर अफ द म्याच एपीएफकी करुणा भण्डारी भईन् ।