प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता बुधबारदेखि धनगढीमा सुरु भएको छ ।
धनगढीको फाप्ला क्रिकेट मैदानमा राष्ट्रिय खेलकुद परिषद्को आयोजना र कैलाली जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा प्रतियोगिता शुरु भएको हो ।
प्रतियोगिताको पहिलो दिन घरेलु टोली सुदूरपश्चिम र विभागीय टोली एपीएफले विजयी शुरुवात गरेका छन् । उद्घाटन खेलमा सुूुरपश्चिमले पश्चिामचल विकास क्षेत्रलाई ५ विकेटले पाखा लगाएको थियो भने एपीएफले मध्यपश्चिमलाई १० विकेटले पराजीत गरेको छ ।
टस जितेर ब्याटिङ रोजेको पश्चिमाञ्चलले पूरै २० ओभर खेल्दै ९ विकेटको क्षतीमा ७३ रन बनाए । पश्चिमाञ्चलका लागी वर्षा रानाले १४ र सरस्वती पुनले १० रन बनाउन सफल भएका छन् ।
७४ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको सुदूरपश्चिमले १७ दशमलव १ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य प्राप्त गरे । सुदूरपश्चिमका लागि विमला भट्टले १८ र कप्तान मञ्जु वोगटीले १२ रन बनाइन् । पश्चिमाञ्चलकी सरस्वती पुनले ३ विकेट लिईन् । खेलको नेपाल वेष्टर्न कलेज वुमेन अफ द म्याच सुदूरपश्चिमकी लक्ष्मी साउँद भईन् ।
दोस्रो खेलमा टस जितेर व्याटिङ गरेको मध्यपश्चिमले १८ दशमलव ४ ओरभा सबै विकेट गुमाउँदै ३६ रन मात्रै बनाउन सफल भए । मध्यपश्चिमले १० रन अतिरिक्त पाएको थियो । मध्यपश्चिमका लागि गीता गोसाईले १५ रन बनाए ।
३७ रनको झिनो लक्ष्यसहित मैदान उत्रिएको एपीएफले ४ दशमलव ५ ओभरमा विना विकेटको क्षती लक्ष्य भेटायो । एपीएफकी ओपनर ज्योती पाण्डेयले १७ र सिता राना मगरले १२ रनको योगदान दिईन् । खेलको नेपाल वेष्टर्न कलेज वुमेन अफ द म्याच एपिएफकी रितु कनौजीया भईन् ।
यसअघि प्रतियोगीताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्टले उद्घाटन गरे । उद्घाटन गर्दै सदस्य सचिव फाप्ला क्रिकेट मैदानमा प्याराफिट निर्माणका लागि बजेट विनीयोजन गर्ने बताए ।
कैलाली जिल्ला खेलकुद विकास समितीका अध्यक्ष दीपक सिहले धनगढीलाई क्रिकेटको मात्रै होइन खेलकुदकै शहर बनाउनका लागि पहल भइरहेको बताए ।
प्रतियोगितामा ५ विकास क्षेत्र र एक विभागीय गरी ६ टीमले सहभागीता भएका थिए । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले नगद २ लाख पाउनेछन । प्रतियोगिताको मुख्य प्रायोजक सगरमाथा सिमेन्ट रहेको छ ।