प्रताप दासको ‘घामले जुनलाई’ बोलको गीत सार्वजनिक

0

 

प्रताप दासको नयाँ गीत ‘घामले जुनलाई’ बोलको गीत सार्वजनिक भएको छ ।

चर्चित रियालिटी शो ‘नेपाल आइडल’ पहिलो सिजनका सेकेन्ड रनरअप गायक प्रतापको आवाजमा रहेको ‘घामले जुनलाई’ बोलको गीत आइतबार युटुबमार्फत् सार्वजनिक भएको हो ।

गायक प्रतापलाई गायिका सुमिना लामाले गायनमा साथ दिएकी छन् ।

राजेशकुमार श्रेष्ठको शव्द, संगीत एवं एरेन्जमा बनेको सो गीतको भिडियोमा प्रदीप किशान र शान्ति फिचर्ड छन् । गीतको भिडियोलाई सन्दीप भुजेलले निर्देशन गरेका हुन् । उमंग शाहीले यस भिडियोमा सिनेमाटोग्राफी गरेका छन् । यस्तै भिडियोलाई प्रेम शर्मा पौडेलले सम्पादन गरेका छन् ।

https://youtu.be/467r2myzZ8Q