बेलुन नेपाल प्रा.लि.ले पर्यटकीयस्थल पोखराको आकाशमा भोलि शनिबारबाट बेलुन उडान गरिने छ ।
बेलुन नेपालले पर्यटकीयस्थल पोखरामा क्षेत्र नं. ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले शनिबार बेलुनको उद्घाटन गर्नु हुनेछ ।

नेपाल सरकार, पर्यटन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरणसँग इजाजत लिई उक्त बेलुन उडान गर्न लागेको बेलुन नेपालले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।

उक्त बेलुनमा ८ जना बस्न सकिने छ । नेपालीको लागि प्रतिव्यक्ति ११ हजार रुपियाँ र विदेशी पर्यटकका लागि प्रतिव्यक्ति १ सय ६० डलर लाग्ने बेलुन नेपाल प्रा.लि.का महासचिव प्रविण महर्जनले जानकारी गराउनुभयो । बेलुनमा बसेर १ घण्टासम्म पोखराको रमणीय दृश्य अवलोकन गर्न सकिने बताउनुभयो ।

भविष्यमा हटएयर बेलुनबाट नै स्काई डाइभ, बन्जी जम्प एवम् हट बेलुनसँग सम्बन्धित अन्य कार्यक्रम गर्दै जाने लक्ष्य लिई हटएयर बेलुनसम्बन्धी नेपालमा नै एक सुविधा सम्पन्न कार्य क्षेत्र निर्माण गर्ने उद्देश्य लिएको महासचिव महर्जनले जानकारी गराउनुभयो ।
