पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढ्यो

0

सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि  गरेको छ ।

 

नेपाल आयल निगमले आइतबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढाएको हो ।

निगमले पेट्रोलमा प्रति लिटर १ रुपैयाँ, डिजेल र मट्टितेलमा २-२ रुपैयाँ भाउ बढाएको हो। त्यसैगरी निगमले हवाई इन्धनतर्फ आन्तरिकमा प्रति लिटर २ रुपैयाँ र अन्तर्राष्ट्रिय तर्फ ४.५० रुपैयाँ वृद्धि गरेको छ।

मूल्यवृद्धिपछि पेट्रोल प्रति लिटर १११ रुपैयाँ तथा मट्टितेल र डिजेल प्रति लिटर ९५ रुपैयाँ पर्नेछ।

खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको छ।