पीएसजीसँग अभियन्स पराजित

0

बुधबार भएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले अमियन्सलाई हराएको छ । फ्रान्स लिग कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको खेलमा पीएसजीले अमियन्सलाई २–० गोल अन्तरले हराएको हो ।
खेलमा पीएसजीले ५३औं मिनेटमा नेयमारको पेनाल्टी गोलबाट अग्रता लिएको थियो । यससँगै नेयमारले पीएसजीबाट डेब्यू गरेका सबै प्रतियोगिता, लिग वान, च्याम्पियन्स लिग, फ्रान्स लिग र लिग कप सबैमा गोल गरेका छन् ।
गोलपछि उनले आफ्नो दायाँ खुट्टाको जुत्ता फुकालेर टाउकोमा राखे र सेलिब्रेसन गरे ।
यो सेलिब्रेसनमार्फत नेयमारले यो गोल ब्राजिलियन फुटबलर रोनाल्डोलाई समर्पित गरेका हुन् । पूर्वफुटबल स्टार रोनाल्डोले पनि आफ्नो समयमा यसरी नै सेलिब्रेसन गर्थे ।