पाहुना टोली पीएसआर दुर्गापुर स्टिलसँग थ्री स्टारको कठिन जित

0

२०औं बुढासुब्बा रेडबुल गोलकपमा रुस्लान थ्री स्टार क्लब, काठमाडौं फाइनलमा प्रवेश गरेको छ ।
पाहुन टोली पीएसआर दुर्गापुर स्टिल, कोलकातालाई १–० ले पाखा लगाउँदै रुस्लान थ्री स्टार क्लब, काठमाडौं फाइनलमा प्रवेश गरेको हो ।
धरान–१६ स्थित प्रादेशिक रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा राष्ट्रिय खेलाडीे भरिएको थ्री स्टारले दुर्गापुरविरुद्ध कठिन जित हात पारेको छ भने पुलिससँग भेट पक्का गरेको छ ।
निर्धारित समयको खेलसम्म गोलरहित बराबरीमा टुंगिने संकेत गरिरहेका बेला वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका विष्णु गुरुले इन्जुरी समयमा निर्णायक गोल गोल गर्दै ८१औं मिनेटमा अनन्त तामाङको स्थानमा छिरेका विष्णुले थ्री स्टारका फाइनलमा जाने पक्का गरे ।
बुढासुब्बा गोल्डकपमा चारपटकको उपािध विजेता थ्री स्टार फाइनल पुगेको यो पाँचौं पटक हो ।