‘कृ’ चलचित्रकी अभिनेत्री अदिती बुढाथोकी पहिलो पटक मिडियासामु खुलिन । उनले मिडियाका लागि आइतबार राजधानीमा भव्य ‘मिट एण्ड ग्रिट’ नै आयोजना गरिन् ।
डेब्यु चललिचत्र ‘कृ’ लाई उनले वण्डरफुल भन्दै प्रशंसा गरिन् । उनले सिनेमा, मोडलिङ र करियरका धेरै पाटाबारेमा प्रकाश पारिन् ।
नेपाली अभिनेत्री प्रियंका कार्कीबाट प्रभावित भएको बताउँदै अदितीले प्रदीप खड्का र आशिरमान देशराजसँग अनस्क्रिन रोमान्स गर्न मन लागेको इच्छा व्यक्त गरिन् ।
महँगो फिल्म नै किन तपाईंको रोजाइमा पर्छन् भन्ने जिज्ञासामा उनी भन्छिन्, स्क्रिप्ट राम्रो छ भने सस्तै मूल्यमा पनि फिल्म गर्छु । उनको नेपाली डेब्यु कृलाई महँगोमध्येको एक सिनेमा मानिन्छ ।
अनमोल स्टारडम देखेर ‘कृ’ नखेलेको प्रस्ट पार्दै उनले आफूलाई स्क्रिप्ट र टिम उत्कृष्ट लागेको बताइन् । उनी भन्छिन्, कथावस्तु र टीमले मलाई प्रोजेक्ट छनोट गर्न सघाउँछ । अनमोलको अघिल्लो सिनेमा ड्रीम्स रिजेक्ट गर्नुपरेको बारे सोधिएको जिज्ञासामा, यसबाट आफूलाई पछुतो नलगोको बताइन् ।