‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ बोलको गीत यू टुबमा चर्चा बटुलिएका अशोक दर्जी पहिलो पटक अवार्ड पाउँदा खुसी व्यक्त गरे ।
उनले आइतबार राजधानीमा आयोजित एक सांगीतिक कार्यक्रममा उत्कृष्ट गायनमा ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ बोलको गीतबाट अवार्ड पाएको हो ।
उनी भर्खरै विदेशमा सांगीतिक प्रस्तुती सकेर नेपाल फर्किएका हुन् । पछिल्लो समयमा मन बिनाको धन ठूलो कि धन बिनाको मन’ बोलको गीतबाट दर्शकहरुको मन मुटुमा बस्न सफल भएका छन् अशोक दर्जी ।