मिलन चाम्सको निर्देशन रहेको चलचित्र ‘वीर विक्रम २’ को नेपालको रमणीय स्थान मानिने मनाङ र मुस्ताङमा धमाधम छायांकन भइरहेको छ ।
पल शाह, नाजिर हुसैन र वर्षा शिवाकोटी मुख्य भूमिकामा रहेको गीतको छायाँकन भइरहेको हो ।
उक्त चलिरहेको छायांकन गरिरहेका गीतमा चलचित्रका मुख्य कलाकार पल शाह, वर्षा सिवाकोटी, नाजिर हुसेन, विनिसा भण्डारीलाई देखाइएकोे छ ।
केही दिन अगाडी मस्ताङ पुगेको निर्माण टिमले छायांकन भइहेको गीतमा करिब २३ लाख बराबरको बजेटमा तयार भइरहेको निर्माण टिमले बताएको छ ।
चाम्स इम्टरटेनमेन्ट र लण्डन सिने आईको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रमा छायांकन रञ्जीत गजमेरको संगीत, कुसुम गजमेरको शब्द रहेको गीतमा तारा प्रकाश लिम्बु र मेलिना राईको स्वर रहेका छन् ।
अपर्ण सापकोटा सहनिर्माताको रहेको चलचित्रमा पल शाह, वर्षा सिवाकोटी, नाजिर हुसेन, बुद्धि तामाङ, देशभक्त खनाल, विनिसा भण्डारीका, शिशिर राणा, बालकलाकार मनिष लिम्बु, मनोज केसी, सन्तोष खनाल, क्षितिज शाक्यलगायतका कलाकारको अभिनय रहेको छ ।