पदक विजेता बाबु छोरा सम्मानित

0
बिल्ड अप फिट्नेस क्लब, स्युचाटारले विश्व पावर लिफ्टिङ च्याम्पियनसिपका पदक विजेता ज्ञानेन्द्र नकर्मी र रोजिन नकर्मीलाई बुधबार नगदसहित सम्मान गरेको छ ।
भारतको नयाँ दिल्लीमा गत अक्टोबर २३ देखि २७ तारिखसम्म भएको प्रतियोगिताको मास्टर्समा ज्ञानेन्द्रले रजत तथा सब जुनियरमा रोजिनले कांस्य जितेका थिए । दुवैलाई जनही ५ हजार र प्रशंसा पत्र प्रदान गरी सम्मान गरियो । ज्ञानेन्द्र र रोजिन बाबु÷छोरा हुन् ।
क्लबको उद्घाटनका अवसरमा दुवैलाई सम्मान गरिएको हो । करिब ५० लाखको लगानीमा सवन महर्जन, विश्वकर लामा र सन्जिब राईले क्लब सञ्चालनमा ल्याएका हुन् । युवालाई कलतबाट जोगाउन र स्वस्थ नागरिक उत्पादनमा सहयोग पु¥याउने उद्देश्यले क्लब सञ्चालन गरिएको सञ्चालक मध्येका एक राईले बताए ।