पञ्चकन्या ग्रुपले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ललितपुरको जावलाखेल, कोपुण्डोल तथा काठमाडौंको सिंहदरबार, त्रिपुरेश्वर र भृकुटीमण्डप क्षेत्रको मूल सडकका पेटीमा रोपिएका विरुवा गोडमेल, काँटछाँट, मलजल तथा सो स्थान वरपर सरसफाई गरेको छ ।
काठमाडौं र ललितपुर महानगरपालिकाको सहकार्यमा उक्त स्थानहरुमा विरुवा रोपी ग्रुपको तर्फबाट ट्र–गार्ड राखी संरक्षण तथा हेरचाह हुँदै आएको छ । उक्त कार्यव्रmममा ग्रुपका सबै तहका कर्मचारी गरी ८० जनाको सहभागिता रहेको थियो ।