पक्षाघातबाट पीडित पूर्वसचिव मानन्धरलाई सहयोग ,

0

              काठमाडौंनेपाली कांग्रेसका पूर्वसचिव प्रचण्डदेव मानन्धरकलाई आर्थिक सहयोग गरेको छ । पक्षाघातबाट पीडित मानन्धरलाई नेपाली कांगेस काठमाडौं महानगरपालिका वडा नं. १३ का सदस्यहरुबाट संकलित १ लाख ५० हजार ५ सय रकम एक कार्यक्रमकाबीच आर्थिक सहयोग गरेको हो ।                                                                                                                     

            कांग्रेसका पूर्वमहामन्त्री एवम् केन्द्रीय सदस्य प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा पूर्वसचिव मानन्धरलाई उक्त रकम हस्तान्तरण गरेको थियो । कामपा कांगे्रस १३ वडा इकाई समितिका सल्लाकारसमेत रहेका मानन्धर केही समय अघिदेखि पक्षाघातबाट पीडित थिएँ भने स्थानीय स्पार्क हेल्थ होम अस्पतालमा उपचार गराइरहनु भएको थियो । त्यस्तै कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि सिंहले प्रचण्डदेव मानन्धरको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै स्थानीय तहले आफ्ना सहकर्मीलाई जुन सहयोगी हात बढाउनु आफैंमा उत्कृष्ट कार्य भएको बताउनुभयो ।

            स्वागत मन्तव्यका क्रममा कामपा १३ वडा इकाई सभापति सुरेन्द्र मानन्धरले हामी स्थानीयस्तरबाट क्रियाशिल कार्यकर्ताले उक्त नगद जम्मा गर्दै उहाँलाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । पूर्वमन्त्री नविन्द्रराज जोशी, काठमाडौं महानगरका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, नेपाली कांग्रेस काठमाडौं जिल्ला सभापति सबुज बानियाँ, पूर्वसभासद् राज्यलक्ष्मी श्रेष्ठ, स्पार्क हेल्थ होम अस्पतालका निर्देशक रुपेश अधिकारीलगायतले मानन्धरको स्वास्थ्य लाभको कामना गर्नुभएको थियो ।