न्यूज अपडेट : नेपाली बलर सामु धरासायी बने हङकङका ब्याट्सम्यान

0

जिम्बावेमा जारी विश्वकप क्रिकेट छनोट प्रतियोगितामा टस जितेर पहिले  ब्याटिंग रोजेको हङकङले पहिलो ७  विकेट  गुमाएको छ नेपालका बसन्त रेग्मीले ब्यतिगत दोश्रो   विकेट लिएका छन्  ।

चालु अवस्थामा हङकङले ३१  ओवरमा १०८  रन बनाएर खेलेको छ । लगातार तीन खेल हारेको नेपाललाई सोमबार हुने समूह ‘बी’ को अन्तिम खेलमा फराकिलो अन्तरले जित्नुपर्ने दबाव छ ।

एक दिवसीय मान्यता पाउन र डिभिजन टूमा घटुवा हुनबाट बच्न पनि नेपाललाई आजको खेल जित्नैपर्ने हुन्छ ।