बिहीवार बसेको न्यायपरिषदको बैठकले उच्चअदालतको मुख्य न्यायाधीशमा चार जनाको नाम सिफारिश गरेको छ ।
परिषद्ले नहकुल सुवेदी, उदय चापागाई, हरिकुमार पोखरेल र यज्ञ बस्यालको नाम मुख्य न्यायाधीशका लागि सिफारिश गरेको हो । सुवेदी सर्वोच्चका मुख्य रजिष्ट्रार हुन् ।
परिषद् बैठकले सर्वोच्च अदालतका कामु रजिष्ट्रार महेन्द्र उपाध्यायलाई रजिष्ट्रार सिफारिश गरेको छ ।