नेपाल यूएसएमा २१ सुन्दरी प्रतिस्पर्धी

0

अमेरिका हुने छैटौं संस्करको मिस नेपाल यूएसए–२०१८ को उपाधि हात पार्न १८ प्रतिस्पर्धी भिड्दै छिन् ।

अमेरिकाको टेक्सास राज्यको डलास शहरमा १९ अगस्टमा हुन लागेको अन्तिम प्रतिस्र्धाका लागि विभन्न प्रशिक्षण भइरहेको आयोजकले जनाएको छ ।

अन्तिम प्रतिस्पर्धीका लागि आयशा ओझा, एञ्जिला पौडेल, अदिति श्रेष्ठ, वर्षा बराल, वियंका अधिकारी, विना श्रेष्ठ, दिलाशा न्यौपाने, कृति ढुंगेल, लाक्पा शेर्पा, पोसा थापा, नेलिया गुरुङ, सपना महर्र्जन, सपना गौतम, सुजना रुपाखेती, श्रेया नेपाली, सुकृति ढुंगेल, सुशाना पोखरेल र स्वीकृति भट्टराई छानिएका छन् ।

फेसन डिजाइन क्षितिजा शाक्यले गरेकी थिइन् भने प्रत्येक वर्ष आयोजना हुँदै आएको यो प्रतियोगिता सन् २०११ देखि अमेरिकामा शुरु हुँदै आएको छ ।

इभेन्ट प्लानेट इकले इप्लानेटको सहकार्यमा २०११ देखि प्रतियोगिता गर्दै आएको हो ।