नेपाल बैंकले थप सार्वजनिक निष्काशन गर्ने

0

नेपाल बैंकले १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता शेयर थप सार्वजनिक निष्काशन गर्ने तयारी गरेको छ । उक्त कार्यका लागि बैंकले सिद्धार्थ क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्त गरेको छ ।

सो सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाह र सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमिल्सिनाले हस्ताक्षर गर्नुभयो । शेयरको निष्काशन मूल्यका सम्बन्धमा बैंकले आन्तरिक गृहकार्य गरिरहेको छ । उक्त निष्काशन मूल्य नेपाल धितोपत्र बोर्डको स्वीकृतिमा तय गरिनेछ ।

सरकारको ६२ दशमलव २१ प्रतिशत र सर्वसाधारणको ३७ दशमलव ७९ प्रतिशत शेयर रहेको यस बैकको चुक्ता पुं“जी ८ अर्ब ४ करोड रहेको छ । बैंकले चालू आर्थिक वर्षको प्रथम ९ महिनामा २ अर्ब ५६ करोड ७७ लाख खुद मुनाफा आर्जन गरेको छ । बंैकको सञ्चालन मुनाफा ३ अर्ब १२ करोड रहेको छ ।

मुलुकका हिमाल पहाड तराईका ५४ जिल्लामा फैलिई १३६ शाखा ११ एक्सटेन्सन काउन्टर र ७१ वटा एटीएम आउटलेट्मार्फत ्१२ लाख ग्राहकलाई प्रत्यक्ष बैंकिङ सेवा पु¥याइरहेको यस बैकले गत चैत मसान्तसम्म ९० अर्ब ८१ करोड निक्षेप संकलन गरी ७९ अर्ब ७१ करोड कर्जा प्रवाह गरेको छ ।