नेपाल बङ्गलादेश बैंक लिमिटेडले आफ्नो २४औ“ वार्षिकोत्सवको उपलक्ष्यमा सेवाग्राहीलाई अत्याधुनिक तथा गुणस्तरीय बैँकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ भिसा क्रेडिट कार्ड संचालनमा ल्याएको छ ।
बैंकले बुधबारबाट भिसा क्रेडिट कार्ड संचालनमा ल्याएको हो । नेपाल बङ्गलादेश बैंकको भिसा क्रेडिट कार्ड स्वदेश तथा विदेशमा संचालन गर्न जनाएको छ । यसअघि बैंकले आफ्ना सेवाग्राहीको सुविधालाई ध्यानमा राखी स्वदेश तथा विदेशमा मा संचालन गर्न सकिने भिसा डेबिट कार्ड पनि ल्याइसकेको छ ।
हाल बैंकले ७० वटा शाखा, ५ वटा एक्सटेन्सन काउन्टर, ७ वटा शाखारहित घरदैलो बंैकिङ्ग सेवा तथा ५१ वटा एटिएम बाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।