नेपाल बंगलादेश बैंकको ५६औं शाखा काभ्रे जिल्लाको भुम्लुमा स्थापना आएको छ ।
उक्त शाखा बैंक सञ्चालक इन्द्रबहादुर थापा भुम्लु गाउ“पालिकाका अध्यक्ष गोमान धोज कुँवरद्वारा संयुक्त रुपमा गकिएको थियो ।
सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकका सेवाको बारेमा मन्तव्य व्यक्त गर्नुभएको थियो ।
भुम्लु शाखासहित बैंकले ५६ शाखा, ५ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बैंकिङ सेवा तथा ५० वटा एटीएमबाट बैंकिङ सुविधा दिँदै आएको कुरा पनि जानकारी गराएको छ ।
