नेपाल प्रहरीका आईजीपी प्रकाश अर्याल र सशस्त्रका आईजीपी सिंहबहादुर श्रेष्ठ ३० वर्षे सेवा अवधिका कारण बुधवारवाट अवकाश प्राप्त गर्ने भएपछि त्यसको पूर्वसध्यमा नेपाल सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीको महानिरीक्षक पदमा नयाँ नियुक्ति गरेको छ।
मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा डीआईजी सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीको आईजीपीमा शैलेन्द्र खनाललाई नियुक्त गरेको छ।
नेपाल प्रहरीको महानिरीक्षक पदको दौडमा रहेका रमेश खनाल र पुष्कर कार्कीलाई पछि पार्दै सर्वेन्द्र खनाल आईजीपी बनेका हुन्।
त्यस्तै सशस्त्र प्रहरी बलको १० औं महानिरीक्षकमा नियुक्त हुनुभएका सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल २०४९ सालमा प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो । प्रहरी निरीक्षकबाट सेवा प्रवेश गर्नु भएका खनालले २०५८ सालमा सेवा परिर्वतन गरी सशस्त्र प्रहरी बलमा स्थानान्तरण हुनु भएको थियो ।
