
नेपाल ताइवान एसोसिएसन ,ताइवनको सहयोगबाट काठमाडौं माहानगरपालिक वडा नं १३ स्थित चख्खु टोलको कल्बका स्थानिय युवाहरुको साथ र सहयोगबाट आज बिपन्न वर्गहरुलाई १०० वटा खाना बितरण गरियो। त्यहि दिन वडा नंम्बर १६ गोङ्गबु बस पार्कमा सत्यसाई समिति सर्हकार्यमा दैनिक ज्याला मजदुर गरेर जिबिका चलाउने मजदुरहरुलाई १५० वटा खाना बितरणा गरि बसपार्क मजदुरहरु लाभम्बित भएको छ।
यो समाजिक संस्थाका राजु गुरुङ अध्यक्ष रहेका एसोसिएसनमा राजेश श्रेष्ठ र राम पाण्डे उपाध्यक्ष रहेका छन भने वरिष्ठ सल्लाहकार छोर्तेन लामा, कार्यसमित सदस्यहरूमा सूर्य जैसी, समीर मानन्धर, मिङमा शेर्पा, रामेश्वर दाहाल, शंकर महर्जन, कर्मा डिनभुप देव गुरुङ र प्रदीप श्रेष्ठ रहेका छन ।
नेपाल ताइवान एसोसिएसन सस्थाको तर्फबाट नेपालको लागि संयोजक कार्य निभार्ह गर्दै आउनु भएका सुबोध प्रधान र केदारमान सिङ यो लकडाउन भरि सम्पूर्ण साथिहरुको सहयोग र साथबाट यो कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन ।



















