नेपाल इन्भेष्टमेन्ट बैंकले रुपन्देही जिल्ला सिद्धार्थनगर नगरपालिका–५ स्थित भैरहवा शाखा कार्यालयलाई सोही नगरपालिकाको नारायणपथमा नवनिर्मित भवनमा स्थानान्तरण गरेको छ ।
बैंकले हाल ६६ वटा (नारायणगढ र पर्सा शाखा स्थानान्तरनको प्रक्रियासहित) शाखामार्फत् बैंकिङ सेवा दिइरहेको छ ।
बैंकको प्रदेश नम्बर १ मा ८ वटा, प्रदेश नम्बर २ मा ६ वटा, प्रदेश नम्बर ३ मा ३१ वटा, प्रदेश नम्बर ४ मा ५ वटा, प्रदेश नम्बर ५ मा ८ वटा, प्रदेश नम्बर ६ मा ४ वटा र प्रदेश नम्बर ७ मा ४ वटा शाखा पुगेको छ । साथै बैंकले यसै आर्थिक वर्षमा देशका विभिन्न सुगम तथा दुर्गम क्षेत्रमा थप शाखा खोली ग्राहक सञ्जाललाई अझ विस्तार गर्ने योजना बनाएको छ ।
आठ लाखभन्दा बढी उपभोक्ता रहेको बैंकले हाल ९८ वटा एटीएमबाट सेवा प्रदान गर्दै आएको छ । ५ लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको ६३ वटा शाखारहित बैंकिङ सुविधाका साथै ३०० बढी भिसा तथा एनपीएन सदस्य बैंकका एटीएम रहेको छ । निजी क्षेत्रमा सर्वाधिक चुक्ता पु“जी १० दशमलव ६२ अर्ब रुपिया“ रहेको यस बैंकको हाल बैंकको निक्षेप १ सय ३० अर्ब रुपिया“ तथा कुल कर्जा लगानी १ सय १४ अर्ब रुपिया“ पुगेको छ ।