नेपाल इन्भेष्टमेन्टका शाखा थपिए

0

नेपाल इन्भेष्टमेन्ट बैंकले दोलखा, पाँचथर, नुवाकोट र रामेछापमा चारवटा शाखा तथा रसुवाको धुन्चेमा एक्स्टेन्सन काउन्टर खोलेको छ । यीसँगै अब बैंकको शाखा संख्या ७० वटा पुगेको छ भने एक्स्टेन्सन काउन्टर पाँचवटा पुगेको छ ।

दोलखाको सिंगटी, पाँचथरको राँके, नुवाकोटको चोकदे तथा रामेछापको लिखूमा शाखा विस्तार गरेको हो ।

बैंकले विपन्न वर्ग कर्जातर्फ प्रत्यक्ष २२ हजार व्यक्तिलाई ३ अर्ब ६४ करोड लगानी गरेको छ । चुक्ता पुँजी १० दशमलव ६४ अर्ब रुपियाँ रहेको बैंकको चैत मसान्तसम्म निक्षेप १ सय ३० अर्ब रुपियाँ तथा कर्जा लगानी १ सय १८ अर्ब रुपियाँ पुगेको छ ।