‘नेपाल्स नेक्स्ट सुपर मोडल’ को उपाधि भक्तपुरकी स्वस्तिकालाई (फोटो फिल्चरसहित)

0

 

शुक्रबार सम्पन्न तेस्रो संस्करण ‘नेपाल्स नेक्स सुपर मोडल २०१८’ को उपाधि भक्तपुरकी स्वस्तिका प्रधानले जितेकी छिन् । प्रधानले आफ्नो १७ प्रतियोगिलाई उछिन्दै उक्त उपाधि हात पारेको हो भने उनले फोटोजेनिक मोडल र वेस्ट क्याटवाकको उपाधि सँगसँगै २५ हजार रुपियाँसहित थाइल्यान्ड भ्रमणलगायत विभिन्न अवसर प्राप्त गरेकी थिइन् ।

प्रतियोगितामा सरु श्रेष्ठले फस्ट रनरअप तथा बेस्ट पर्सनालिटी मोडलको उपाधि चुम्न सफल भएकी थिइन् साथै पोखरा भ्रमणलगायत विभिन्न उपहार जितिन् । रिहाना वैद्यले पपुलर मोडलसहित सेकेन्ड रनरअपको अवार्ड प्राप्त गरिन् । प्रतियोगितामा बेस्ट स्किन मनिका पौडेल, बेस्ट हेयर जेसिका विष्ट, बेस्ट बडी अदिती कार्की, स्टालिस्ट मोडल स्मृति शाही, भिवर्स च्वाइस मोडल सञ्जिना खत्री घोषित भए ।

आर एन्ड आर गु्रपद्वारा शुक्रबार बेलुका काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित सो प्रतियोगितामा नवोदित तथा व्यावसायिक मोडलले भाग लिएका थिए । मोडलिङसम्बन्धी विभिन्न चरणको टाक्समा उत्कृष्ट हुँदै अन्त्यमा विजेता घोषणा गरिएको हो ।

रोजिन शाक्यको कोरियोग्राफी तथा सञ्चालनमा सम्पन्न सो प्रतियोगिताको निर्णायकमा फोटोग्राफर राजभाइ सुवाल, सञ्चारकर्मी डब्बु क्षत्री, फिट्नेस इन्स्ट्रक्टर उज्ज्वलकृष्ण श्रेष्ठ, पूजा वैद्य र ब्युटिसियन सुलोचना श्रेष्ठ थिए ।

व्यावसायिक मोडललाई मोडलिङ पेसामा ल्याउने लक्ष्यका साथ विगत तीन वर्षदेखि प्रतियोगिता गर्दै आएको आर एन्ड आर ग्रुपकी अध्यक्ष मञ्जु श्रेष्ठले बताइन् ।

आर एन्ड आर ग्रुपले विभिन्न समयमा आयोजना गर्ने फेशन शोमा यी मोडलहरुलाई सहभागिता गराउने पनि उनले जानकारी गराईन् ।

आर एन्ड आर ग्रुपले बृहत रुपमा अमेरिकामा फेशन शो गर्दै अहिरहेकोमा अब आउदो वर्षदेखि क्यानडामा पनि यूएसए र नेपालको मोडेलहरु पनि सहभागी गराउने मञ्जुले बताइन् ।