विश्वविख्यात फोब्र्स म्मागजिनले प्रकाशित गरेको एसियाका ‘३० मुनिका ३०’ मा नेपालका आयुषी केसी र कञ्चन अमात्यको नाम परेको छ ।
३० वर्षभन्दा कम उमेरका ३० जना प्रभावशाली एसियाली युवा उद्यमीहरुलाई समेटेर प्रकाशित गरिएको सूचिमा वहाँहरुको नाम समावेश गरिएको हो ।
केसी फोहोर व्यवस्थापनमा सक्रिय संस्था ‘खालीसीसी डट कम’ की संस्थापक हुन् भने अमात्य ‘दिगो माछा खेती अभियान’ नामक संस्थाकी अभियन्ता तथा उद्यमी हुन् ।
केसी र अमात्यले फोब्र्सले आगामी जुलाईमा हङकङमा आयोजना गर्ने अन्तरराष्ट्रिय सम्मेलनमा सहभागिताको अवसर पाउने छन । उक्त सम्मेलनमा सहभागी हुनेले आफू जस्तै अन्य २९ जनासँग अनुभव शेयर गर्ने छ ।
